Advertisement
SKIP THIS
अछाममा दुई पालिका प्रमुख पुनः दोहोरिए

तारामान खड्का अछाम:यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अछाम जिल्लाका दुई स्थानीय तह प्रमुखमा जनप्रतिनिधि पुनः दोहोरिएका छन् ।

सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले पुनः पदम बहादुर बोहरालाई नगर प्रमुखमा दोहोर्‍याएको हो।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा ऐमालेबाट निर्वाचीत चौरपाटी गाउँपालीका अध्यक्ष हर्क बहादुर साउँद पुनः गाउँपालीका अध्यक्षमा दोहोरिएका हुन।

नेकपा एमाले फुट्दा समाजबादीमा प्रबेश गरेका साउदलाई समाजवादी केेन्द्रले पुनः गाउँपालीका अध्यक्षमा दोहोर्‍याएको हो।

तपाईको प्रतिक्रिया