निराकरण खबर अछाम :१० ओटा स्थानीय तह रहेको अछाममा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दुई नगरपालीकामा महिलाले प्रमुखमा उम्मेद्वारी दर्ता गराएकी छन।
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सह महामन्त्री र पञ्चदेवल विनायक नगरपालिका उपमेयर समेत रहेकी अम्बिका चलाउनेलाई कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन ।
यस्तै नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवरले उम्मेदवारी दर्ता गराएकी हुन।