अछाम:बाटुलासैनको वडा सदस्यमा मिना खत्री विष्टको मनोनयन दर्ता
अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैनमा नेपाली कांग्रेसकी नेतृ मिना खत्री विष्टले वडा सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन।
सोमबार गाउँपालिका रहेको स्थानीय निर्वाचन कार्यालयमा पुगेर उहाँले मनोनयन दर्ता गरेकी हुन।
कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत रहनुभएकी उहाँ नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा छन् ।
यसअघि नेकपा एमालेको भातृसंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भएर राजनीति सुरु गरेकी मिना एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् भङ्ग गरेपछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । नेपाली कांग्रेसबाट अध्यक्षमा नन्दराज उपाध्यायले उम्मेदवारी दर्ता गराउनु भएको छ । उनि यसअघि वडा सदस्य थिईन।