Advertisement
SKIP THIS
पूर्व मंन्त्री बोहराका स्वकीय सचिवले गराए स्वतन्त्रमा अध्यक्षको उम्मेदवारी

निराकरण खबर अछाम:सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री झपट बहादूर बोहराका निजी स्वकिय सचिव पंख बहादुर शाहले बान्नीगढी जयगढ गाउँपालीका अछामको अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन।

सोमबार निर्वाचन अधिकृतको कार्यालय बान्नीगढी जयगढ गाउँपालीकामा शाहले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

शाहले  तपेन्द्र साउँदको प्रस्तावक र ईन्द्र बहादुर शाहको समर्थकमा उम्मेदवारी दर्ता गराएका छन।

तत्कालीन नेकपालाई सर्बोच्च अदालतले बिघठन गरेपछि सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री झपट बहादूर बोहरा एमालेमा प्रबेश गरेका थिए । हाल पूर्व मन्त्री बोहरा एमाले अछामको ईन्चार्ज रहेका छन। पूर्व मन्त्री बोहराकै पहलमा माओवादी केन्द्रबाट बान्नीगढी जयगढ गाउँपालीमा उपाध्यक्षमा निर्वाचीत  लोक बहादूर साउँद माओवादी केन्द्र परित्याग गर्दै एमालेबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी भएका छन।

तपाईको प्रतिक्रिया