Advertisement
SKIP THIS
यसरी गनुहोस्  निःशुल्क युट्युवबाट भिडिओ डाउनलोड

काठमाडौं: तपाईँ हामी मध्ये धेरैजसो युट्युवका पारखी छौँ । आज हामी तपाईँलाई निःशुल्क रुपमा युट्युव भिडिओ डाउनलोड गर्ने तरिकाको बारेमा बताउँदै छौँ ।

विभिन्न फर्म्याटका भिडिओ डाउनलोड गर्नका लागि फोरके भिडिओ डाउनलोडर एउटा उपयोगी एप तथा सफ्टवेयर हो । यसको नाम जस्तै यो एप तथा सफ्टवेयरबाट फोरके भिडिओ डाउनलोड गर्न पनि सकिन्छ ।

जसका लागि तपाईँले डाउनलोड गर्ने क्रममा ‘एमकेभी’ (MKV) फर्म्याट छनौट गर्नुपर्ने हुन्छ । यो सफ्टवेयर तथा एपमा निःशुल्क रूपमा भिडिओ डाउनलोड गर्न सकिने सीमा दैनिक ३० भिडिओसम्म रहेको छ ।

तर त्यसभन्दा बढी भिडिओ डाउनलोड गर्न चाहनुहुन्छ भने यसको सशुल्क भर्सन लिनुपर्ने हुन्छ । यसमा राम्रो कुरा के छ भने नियमित सब्सक्रिप्सन चार्जको साटो एक पटक मूल्य तिरे पुग्छ ।

युट्युवबाट कसरी डाउनलोड गर्ने एचडी भिडिओ ?

-सुरुमा फोरके डाउनलोड डटकम (4kdownload.com) मा गएर फोरके भिडिओ डाउनलोडर (4K Video Downloader) एप डाउनलोड गर्नुहोस् ।

-एप डाउनलोड भइसकेपछि त्यसलाई इन्स्टल गरेर खोल्नुहोस् । कहिलेकाहिँ एप खोल्नु अघि त्यसलाई अपडेट गर्नुपर्ने हुनसक्छ । युट्युवले आफ्नो अल्गोरिदम नियमित रुपमा अपडेट गरिरहेको हुन्छ । त्यसै अनुसार फोरके भिडिओ फास्ट डाउनलोड गर्नका लागि यो एपले अपडेट तयार पार्ने गर्दछ । यदि तपाईँले एप अपडेट गर्नु भएन भने डाउनलोड ढिलो हुनसक्छ । त्यसैले सकेसम्म यो एप अपडेट गर्नुहोस् ।

-एप डाउनलोड भइसकेपछि अब त्यसलाई खोल्नुहोस् ।

– यति गरिसकेपछि आफूले डाउनलोड गर्न चाहेको युट्युव भिडिओको यूआरएल लिङ्क कपी गर्नुहोस् र फोरके भिडिओ डाउनलोडर एपमा गएर माथि बायाँ कुनामा रहेको हरियो प्लस बटन (+) थिचेर त्यसमा उक्त लिङ्क राख्नुहोस् (पेस्ट गर्नुहोस्) ।

-भिडिओको लिङ्क राख्ने बित्तिकै फोरके भिडिओ डाउनलोडरले त्यसलाई ‘पर्सिङ’ गर्न थाल्दछ । त्यसपछि एपमा भिडिओ डाउनलोड गर्नको लागि विभिन्न भिडिओ फर्म्याटको सूची देखा पर्दछ ।

-अब आफूले डाउनलोड गर्न चाहेको रेजोलुसन छान्नुहोस् । यस क्रममा तपाईँले माथि सिरानीमा रहेको १०८० पी २५ एफपीएसको विकल्प छान्न सक्नुहुन्छ । यति गरिसकेपछि माथि फर्म्याटमा उपलब्ध एमकेभी (MKV) वा एमपी फोर (MP4) विकल्प मध्ये कुनै एउटा रोज्नुहोस् ।

-यसमा बायाँतिरको खण्डमा गएर भिडिओ वा अडियो मात्रै पनि डाउनलोड गर्ने विकल्प छान्न सक्नुहुन्छ ।

-अब एपको पालपट्टि रहेको ब्राउजमा क्लिक गर्नुहोस् र आफूले भिडिओ डाउनलोड गर्न चाहेको फोल्डर छनौट गर्नुहोस् ।

-अब अन्तिममा डाउनलोड बटनमा क्लिक गर्नुहोस् ।

-यससँगै तपाईँको कम्प्युटरमा युट्युव भिडिओ डाउनलोड हुन थाल्नेछ । जुन कति स्पिडमा डाउनलोड भइरहेको छ भन्ने कुरा समेत त्यहाँ देख्न सकिन्छ । techpana

तपाईको प्रतिक्रिया