निराकरण खबर:अछामको मेल्लेख गाउँपालीकामा बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानीय तहको निर्वाचन गठबन्धन गर्ने सहमति भएको छ।
आईतवार नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजबादीले बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचन गठबन्धन गर्ने सहमति भएको छ।
मेल्लेखका ८ ओटै वडाहरुमा रहेका आ आफ्ना समितिहरुलाई निर्देशन समेत दिने निर्णय भएको छ।
आईतवार बसेको गठबन्धनको सयुक्त बैठकमा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम सदस्य भिम साउँद,ईश्वरी थापा ,नेपाली कांग्रेसका नृप बहादुर खड्का,झंकर साउँद र समाजवादीका टेक बहादुर साउँद लगायतका तीन दलिय गठबन्धनका नेताहरुको सहभागीता रहेको थियो ।











