Advertisement
SKIP THIS
जग्गा बेच्न नमानेको भन्दै १ लाख रुपैयाँ दिएर आमाको हत्या

पोखराः जग्गा बेच्न नमानेको भन्दै १ लाख रुपैयाँ दिएर आमाको हत्या गर्न लगाएको आरोपमा कास्की प्रहरीले पोखरा १२ बस्ने ओमबहादुर नेपालीलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्।

उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आफ्नै दाइले आमाको हत्या गरेको भनी नौमायाका कान्छा छोरा टेकबहादुरले प्रहरीमा जाहेरीसमेत दिएका छन् । प्रहरीले ओम र कुमारलाई थुनामा राखी थप अनुसन्धान गर्न कास्की अदालतबाट अनुमति लिइसकेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया