काठमाडौँ: लामो समयको रस्साकस्सी पश्चात् अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । संघीय संसद् अन्तर्गत आइतबार बसेको प्रतिनिधि सभा बैठकले अमेरीकी सहयोग परियोजना एमसीसी अनुमोदन गरेको हो ।
आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठकले १२ बुँदे व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गरेको हो ।
अर्थमन्त्री जर्नादन शर्माले व्याख्यात्मक घोषणा सहित परियोजना अनुमोदन गरियोस् भनि राखेको प्रस्तावमा संसद्को बहुमत सदस्यहरूले सम्झौता पारित गराएका हुन् ।









