Advertisement
SKIP THIS
अन्तरिक्ष घुम्न जाने पर्यटकका लागि टिकट बुकिङ खुल्यो,यति लाग्छ खर्च

काठमाडौं :भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष घुम्न जाने पर्यटकका लागि पुनः टिकट खुलाएको छ । इच्छुक व्यक्तिले चार लाख ५० हजार डलर (पाँच करोड ४२ लाख रुपैयाँ) तिरेर अन्तरिक्षको ९० मिनेट यात्राका लागि आफ्नो टिकट बुक गर्ने सक्नेछन् ।

आज (बुधबार) देखि सुरु भएको टिकट बिक्रीमा यात्रुले एक लाख ५० हजार डलर डिपोजिट राखेर यात्राभन्दा अगाडिसम्म सबै रकम भुक्तानी गरिसक्नुपर्नेछ ।

यो रकम तिरेर हालसम्म १०० जनाले आफ्नो टिकट बुकिङ गरिसकेका छन् भने कम्पनीले उडान गर्ने समयसम्म एक हजार वटा टिकट बिक्री गर्ने लक्ष्य राखेको छ ।

सीएनएनको एक रिपोर्ट अनुसार योभन्दा अगाडि नै पहिलो चरणका लागि कम्पनीले ६०० वटा टिकट बिक्री गरिसकेको छ, जसका लागि यात्रुले दुई लाख डलरदेखि दुई लाख ५० हजार डलरसम्मको टिकट खरिद गरेका छन् ।

यो पहिलो चरण अन्तर्गत यात्रुले अन्तरिक्षको सबअर्बिटल एरियाको भ्रमण गर्न पाउनेछन् । गत वर्षको जुलाई महिनादेखि कम्पनीका संस्थापक सर रिचार्ड ब्रान्सनको उडानसँगै कम्पनीले अन्तरिक्षको व्यवसायिक उडान सुरु गरेको थियो ।टेकपाना

तपाईको प्रतिक्रिया