Advertisement
SKIP THIS
भ्यालेन्टाइनमा यसरी खोज्नुहोस् प्रेमीप्रेमिका

काठमाडौं:हरेक नयाँ वर्षसँगै चाडबाडको कुरा त अवश्य आउँछ । हरेक चाडपर्व मनाउने तरिका आआफ्नै हुन्छन् । पछिल्लो समय युवायुवतीहरूका लागि भने अङ्ग्रेजी महिना फेब्रुअरी १४ विशेष रहने गरेको छ ।

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाइने यो दिन आउन अब धेरै समय बाँकी छैन । यदि तपाईँ पार्टनरको अभावमा भ्यालेन्टाइन डे खल्लो हुने ठानिरहनु भएको छ भने तपाईँले डेटिङ एपको सहयोग लिन सक्नुहुन्छ ।

आज हामी तपाईँलाई त्यस्ता डेटिङ एपको बारेमा बताउँदैछौँ, जसले तपाईँलाई एउटा उचित जीवनसाथी खोज्न सहयोग गर्नेछन् ।

ऐसल (Aisle)

डेटिङ एपको रुपमा ऐसल पछिल्लो समय निकै लोकप्रिय हुँदै गएको छ । यो एपमा राइट अर्थात दायाँतर्फ स्वाइप गरेर साथीको सुरुवात गर्न सकिन्छ । यो एपको सहयोगमा तपाईँ अन्य व्यक्तिहरूसँग कुराकानी गर्न र साथी बन्न सक्नुहुन्छ । साथै सहमति जुटेको अवस्थामा डेटिङ समेत गर्न सक्नुहुन्छ ।

बम्बल (Bumble)

बम्बल एपले तपाईँलाई व्यक्तिहरू खोज्ने सुविधा दिने गर्छ । यो एपको सहयोगमा आपसमा कुराकानी गरेर विभिन्न व्यक्तिहरूसँग साथी बन्न सकिन्छ । त्यसपछि सहमति जुटेको खन्डमा डेटिङ जान सक्नुहुन्छ । यसमा भिडिओ च्याटको सुविधा समेत उपलब्ध छ । यसमा एउटा मौलिक प्रकारको नियम छ, जसमा महिलाले नै पहिलो मुभ लिनुपर्ने हुन्छ ।

ओकेक्युपिड (OkCupid)

यदि तपाईँ सिङ्गल हुनुहुन्छ र मिङ्गल बन्न चाहनुहुन्छ भने ओकेक्युपिड एप डाउनलोड गर्न सक्नुहुन्छ । यो एपले तपाईँको आसपास रहेका सिङ्गल व्यक्तिहरू खोजेर तपाईँको सहयोग गर्नेछ । यदि तपाईँलाई कोही मन परेको व्यक्ति भेटिन्छ भने अगाडि बढ्न सक्नुहुन्छ ।

टिन्डर (Tinder)

टिन्डर एपले व्यक्तिहरूको रोजाइ र प्राथमिकताको आधारमा नयाँ व्यक्तिहरूसँग भेट गराउने काम गर्दछ । विश्वको निकै लोकप्रिय यो डेटिङ एपका प्रयोगकर्ता १९० भन्दा बढी देशमा रहेका छन् ।

फेसबुक र इन्स्टाग्रामको जस्तै टिन्डर समेत निकै सुरक्षित एप मानिन्छ । यो एपको सहयोगमा सीमित व्यक्तिहरूले मात्र तपाईँलाई मेसेज गर्न सक्छन् । यसमा जोसुकैले तपाईँलाई मेसेज गर्न पाउँदैनन् ।

क्वाकक्वाक (QuackQuack)

क्योकक्योक डेटिङ एप म्याच, च्याट र डेटमा आधारित छ । यो एपले तपाईँको सहरमा उपलब्ध सिङ्गल व्यक्तिहरूको प्रोफाइललाई आपसमा म्याच गराउन सहयोग गर्दछ । यो एपमा प्रयोगकर्ताको प्रोफाइल भेरिफाइ गरिन्छ । त्यसपछि यो एपको सहयोगमा आफ्नो प्रेमी प्रेमिका खोज्न तथा डेटिङका लागि अगाडि बढ्न सकिन्छ ।
टेकपाना

तपाईको प्रतिक्रिया