Advertisement
SKIP THIS
ज्योतिषीसँग परामर्श गरेरै स्थानीय तह निर्वाचनको मिति तय गरे

काठमाडौंःप्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँग परामर्श गरेरै स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलेको छ। देउवानिकट ज्योतिषी सुरेशचन्द्र रिजालले वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको खुलेको हो।

‘सुरुमा जेठ ४ को कुरा भएको थियो। त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’, रिजालले भने, ‘वैशाख ३० गते शुक्रबार हो र अमृत योग पनि परेको छ। अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिन्छ। त्यसैले वैशाख ३० को मिति प्रस्ताव गरेको हुँ।’ यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए। ज्योतिषीसँगको परामर्शपछि देउवाले निर्वाचनको मिति अगाडि सारेका हुन्।

निर्वाचन आयोगले पनि सो प्रस्तावमा सहमति जनाएको छ।

तपाईको प्रतिक्रिया