Advertisement
SKIP THIS
सुदूरपश्चीको एकमात्र बायु उर्जा प्लान्ट २ बर्ष देखि अलपत्र

निराकरण सम्वाददाता अछाम:४ बर्ष अधि निमार्णं सुरु भई सञ्चालनमा आएको सुदूरपश्चीको एकमात्र बायु उर्जा प्लान्ट २ बर्ष देखि बन्द अवस्थामा रहेको छ । १ करोड २० लाखमा निमार्ण गरिएको ३१ किलोवाट क्षमताको सो बायु उर्जा प्लान्ट अहिले अलपत्र अवस्थामा रहेको छ

अछामको कमलबजारमा रहेको हावाबाट उत्पादन हुने बिद्युत ३ बर्ष देखि बन्द अवस्थामा रहेको छ । २०७४ सालमा निमार्ण सुरु भई सोही बर्ष देखि उत्पादन सुरु भएको बिद्युत सञ्चालनको २ बर्ष पछि पुर्ण रुपमा बन्द भएको हो ।

नेपाल सरकारको १ करोड कमलबजार नगरपालिकाको २० लाख गरि कुल १ करोड २० लाखको लागतमा ३१ किलोवाट क्षमताको बायु उर्जा प्लान्ट स्थापना गरिएको थियो । कमलबजार नगरपालीका मुखै अगाडी रहेको सौर्य प्लान्ट २ बर्ष पछि पुर्ण रुपमा बन्द हुदाँ समेत नगरपालीकाले सञ्चालनको निम्ती कुनै पहल गरेको स्थानियहरुको भनाई छ ।

बायु तथा सौर्य उर्जा प्लाट बिग्रदा समेत सञ्चालनको लागि कुनै पहल नगरिएको स्थानिय हरिकला बिष्टको दुखेसो छ ।
कमलबजार राष्ट्रीय प्रशारणको बिद्युत पुग्दा ३१ किलोवाट क्षमताको बायु तथा सौर्य उर्जा प्लाट बिग्रेको २ बर्ष भन्दा बढी हुदासमेत सञ्चालनको लागि कसैले पहल गरेका छैनन।

बायु तथा सौर्य उर्जा प्लाट सञ्चालन भएपछि प्रति उपभोत्ताले रु ५ हजार हालेर मिटर किनेका तर अहिले प्लान्टबाट बिद्युत समेत उत्पादन हुन छोडेपछि प्लान्टबाट बिद्युत उपभोग गर्ने सपना मात्रै भएको स्थानियले गजे कामीले बताए ।
कमलबजारमा रहेको सौर्य उर्जा प्लाट सञ्चालन भएको बेला अवोलकनकै लागि यहाँ आन्तरिक प्रर्यटक समेत आउने गरेका थिए, प्रर्यटक आउदाँ यहाँको ब्यापार ब्यावसाय समेत हुने गरेको थियो तर अहिले बन्द हुदाँँ प्रर्यटक आउन छोडेका स्थानिय लोकेन्द्र बहादुर नेपालीले बताए ।

सौर्य उर्जा प्लाट बन्द अवस्थामा रहदा राज्यको पैसा खेर गएको चाडो सञ्चान गर्नुपर्ने स्थानिय ब्यापारीको माग छ ।
यता कमलबजार नगरपालीका प्रमुख ओम प्रकाश बिष्टले भने हालसम्म उपभोत्ता समीतीले सौर्य प्लान्ट नगरपालीकालाई हस्तान्तरण नगरेको हुदाँ मर्मत नगरिएको प्रतिक्रीया दिए ।पुर्वि अछामका कमबजार नगरपालिका, पञ्चदेवल बिनायक नगरपालीका ,ढकारी गाउँपालीका र तुर्माखाद गाउँपालीका क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र बन्दै गरेको कमलबजार नगरपालीकाको गौरवको बायु उर्जा प्लान्ट यथा शिघ्र सञ्चालनमा ल्याउनु स्थानिय सरकारलेको दायीत्व हो ।

तपाईको प्रतिक्रिया