Advertisement
SKIP THIS
अचम्मको खबर ,टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने

बीबीसी:जापानी प्रोफेसरले चाट्न मिल्ने ‘लिकेबल’ टिभी स्क्रिनको प्रोटोटाइप सार्वजानिक गरेका छन् । यसलाई ‘टेस्ट द टीभी’ भन्ने नाम दिइएको छ जसका दशवटा ‘क्यानिस्टर’ ले स्वादहरु स्क्रिनमा स्प्रे गरिदिन्छ र दर्शकलाई चाट्नका लागि भनेर ‘हाइजिनिक’ अर्थात सफा फिल्म रोल गरिदिनेछ ।

यसको परीक्षण गर्न पुगेकी एक विद्यार्थीले स्क्रिनमा गएर आफूले गुलियो चकलेट खान चाहेको बताएकी थिइन् । त्यस लगत्तै उनको अर्डर स्क्रिनमा स्प्रे गरियो र चाटेर स्वाद लिइसकेपछि उनले दूधको चकलेट जस्तो स्वाद महसुस भएको बताएकी हुन् ।

निर्माता प्रोफेसर होमेइ मियाशिताले यसलाई खाना पकाउने कुकहरुलाई प्रशिक्षण दिन अधिक उपयोगी हुन सक्ने बताएका छन् । यदि व्यवसायिक रुपमा निर्माण सुरु भयो भने यसको मूल्य ८७५ डलर पर्ने अनुमान गरिएको छ ।

उनले संचार एजेन्सी रोटयर्ससँग भनेका छन्, “यसको मुख्य लक्ष्य भनेको मानिसहरुलाई दुनियाँको अर्को कुनामा रहेर या घरमै बसेर पनि टीभी स्क्रिनको रेस्टुरेन्टमा खाए जस्तै अनुभव दिलाउन सम्भव पार्नु हो ”

यसमा उनले अझै धेरै स्वाद थप्नका लागि निर्माताहरुसँग स्वाद छर्किने स्प्रेको प्रविधिबारे छलफल गरिरहेको बताएका छन् । उनले अबको भविष्य डाउनलोड गर्न मिल्ने ‘स्वाद’को रहेको समेत उल्लेख गरे ।

कोभिड–१९ को युगमा यस किसिमको प्रविधिले बाहिर निस्कन नपाएका मानिसलाई बाहिरी दुनियासँग जोड्न ठूलो मद्दत गर्न सक्ने दाबी गरेका छन् । तर, महामारीकै समयमा यसरी चाटेर स्वाद लिन मिल्ने टिभी कत्तिको उपयुक्त होला भनेर ट्विटरमा चर्को बहस चलिरहेको छ ।

यसअघि पनि प्रोफेसर मियाशिता र उनका विद्यार्थीले स्वादसँग जोडिएका विभिन्न उपकरणहरु निर्माण गरेका थिए । यसमा उनीहरुले खानालाई अझ स्वादिस्ट बनाउने विशेष किसिमको फोर्क चम्चा निर्माण गरेका थिए ।

तपाईको प्रतिक्रिया