Advertisement
SKIP THIS
कांग्रेस केन्द्रिय सदस्यमा डा. रणबहादुर रावल निर्वाचित ,को हुन् , डा.रण बहादुर रावल

निराकरण सम्वाददाता टीकापुर :नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट डा. रण बहादुर रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न भएको मत गणनामा नेपाली कांग्रेस सुदुरपश्चीम संसदीय दलका नेता समेत रहेका रावलले २ हजार ६ सय ६९सय मतका साथ सुदूरपश्चिम प्रदेशबाट लोकप्रिय मतका केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

को हुन् ,डा.रणबहादुर रावल ?
कैलालीको टिकापुरमा जन्मेका डा। रावलले प्रकृति स्रोत ब्यबस्थापनमा बिद्यावारीधी गरेका छन् ।उनले बिक्रम संम्वत २०३२ साल देखि नेपाली काँग्रेसको भतृ संगठन नेपाल बिद्यार्थी संघको एकाई सचिवबाट राजनितिक यात्रा सुरु गरेका थिए ।२०३६ सालको जनमत संग्रहका बेला नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले डा। रावललाई  बहुदलिय ब्यबस्थाको पक्षमा जनमत संकलन गर्न कैलाली घटाएको थियो ।

मिलनसार र बिकास प्रेमीका रुपमा लोकप्रिय ब्याक्तित्व बनाउन सफल डा। रावलले  २०६३ सालदेखि २०७४ सम्म  राष्ट्रिय विकास परिषद्का सदस्य रहेर काम गरिसकेका छन् ।डा.रावलको नेतृत्वदायी भूमिका राम्रो देखेर नेपाली काँग्रेसले उनलाई पाटी फुटपछि भएको एकिकरणको बिवाद मिलाउन रोल्पा जिल्लामा खटाएको थियो र जुन बिवाद उनले सहजै मिलाउन सफल समेत भए ।

२०६४ सालको निर्वाचनमा समानुपातिक संसदका उम्मेदवार रहेका डा.रावल २०७० सालको  संविधान सभाको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यका उम्मेदवार रहेका थिए ।

२०६२–०६३को जन आन्दोलनमा  डा.रावलले काठमाडौँमा रहेर बिभिन्न क्षेत्रको नेतृत्व गरेका थिए ।  सोही आन्दोलनका क्रममा डा. रावलले जेल जीवन समेत बिताएका थिए । 

तपाईको प्रतिक्रिया