Advertisement
SKIP THIS
नगर स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता ५ वर्षिय आवधिक योजना तर्जुमा शिखरमा सम्पन्न

डोटी :शिखर नगरपालिका डोटीमा नगर स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता ५ वर्षिय आवधिक योजना तर्जुमा सम्वन्धि एक दिने परिचयात्मक कार्यशाला गोष्ठी सम्पन्नता भएको छ ।

युनिसेफको सहयोग, त्रिवेणी स्वास्थ्य वातावरण समुहको सहजिकरण र शिखर नगरपालिका डोटीको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

नेपाल सरकारले लिएका स्वास्थ्य सरसफाइ रणनितिलाई सहयोग पु-याउने, स्थानिय स्तरमा खानेपानी, सरसफाइ र स्वच्छता मौजुता स्थिति पत्ता लगायर सेवावाट वन्चितलाइ सेवा पु-याउने, नेपाल सरकारको दिगो विकास लक्षलाइ हासिल कार्याउन्मुख एवं सफल पार्ने लगायत कार्यशालाका उदेश्य रहेको त्रिवेणी स्वास्थ वातावरण समुह वैतडीका सरसफाइ योजना निर्माण टिम लिडर ओम पौडेलले वताए ।

यो खानेपानी, सरसफाइ तथा स्वच्छता ५ वर्षिय आवधिक योजना निर्माणले खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा विकास, स्थानिय सरकार संग खानेपानी, सरसफाइ तथा स्वच्छताको यथार्थ स्थिति पत्ता लगायर प्रविधिक सहयोग गरि स्थानिय सरकार, स्थानिय वासिन्दाका विचमा योजना निर्माण र कार्यान्वयन गर्ने युनिसेफ नेपालगंज खानेपानी सरसफाइ तथा स्वच्छता अधिकृत विश्वराज भट्टले वताए ।

जस अन्तर्गत स्थानिय सरकार, विषय गत शाखा र उपभोक्ता संग छलफल तथा खानेपानी सरसफाइ तथा स्वच्छता सम्वन्धि सुचना संकल र विश्लेषण, स्थानिय सरकारको अन्तिम प्रारुप तयार गरि योजना निर्माण गरिने अधिकृत भट्टले वताए ।

स्थानिय स्तरका विभिन्न वस्तिमा निर्माण भएका खानेपानी आयोजना मौजुता अवस्था, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सरकारी कार्यालय लगायतको खानेपानी ,सरसफाइ तथा स्वच्छताको अवस्थाको वारेमा मोबाइल एप्स मार्फत सुचना संकल गरेर नेपाल सरकार संग जोड्ने समेत कार्यक्रममा रहेको उनले वताए । कार्याशाला गोष्ठिमा शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले नगरपालिका लागु हुन गइरहेको खानेपानी, सरसफाइ तथा स्वच्छता ५ पन्चवर्षिय योजनाले नगरपालिका हरेक क्षेत्रलाइ व्यापक सुधार गर्ने वताए ।

तपाईको प्रतिक्रिया