Advertisement
SKIP THIS
सुदूरपश्चिमका सात पहाडी जिल्लाको लाईफ लाइन भीमदत्त राजमार्ग अवरुद्ध

धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्लाको लाईफ लाइन भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

राजमार्गको आलिताल गाउँपालिका कटाल भन्ने स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ।

पहिरो पन्छ्याउने काम भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

तपाईको प्रतिक्रिया