Advertisement
SKIP THIS
अपांगहरुलाई एमाले कार्यलय पठाउ, ठिक गर्छौ ओली

काठमाडौं:एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गरिने भन्ने विषयप्रति टिप्पणी गरेका छन् ।

उनले घाइते, अपांगको अवस्था दयनीय रहेको उल्लेख गर्दै सरकारले नगर्ने हो भने एमालेले उनीहरुको उपचार गर्ने बताए । त्यसका लागि थापाथलीमा रहेको एमाले कार्यालय पठाइदिन पनि प्रचण्डलगायतका सत्ता गठबन्धनलाई ओलीले सुझाए । 

‘पहिलो कुरो द्वन्द्वपीडितहरुलाई न्याय दिनुस्, तपाईंले बुट्टे खादा ओढाएर द्वन्द्व पीडितलाई अल्मल्याउन खोजेको ?’, ओलीले मंगलबार संसदमा भने, ‘घाइतेहरुको उपचार गराउन भन्नुस् न, घाइतेहरुको शरीरमा भएको गोली झिक्छु भन्नुस् न ।  यदि सरकारले सक्दैन भने नेकपा एमालेको केन्द्रीय कार्यालय अहिले थापाथलीमा छ, त्यहाँ पठाइदनिुस् म गर्छु ।’

उनले गौर हत्याकाण्डलगायतका अराजक गतिविधिको छानबिन गर्न पनि सरकारलाई सुझाए । यस्तै क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार, मातातीर्थ प्रकरणलगायतमा भएको भ्रष्टाचार छानबिन गर्न समेत ओलीले सरकारलाई सुझाए । 

तपाईको प्रतिक्रिया