Advertisement
SKIP THIS
धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक,ट्रेलर सहित

काठमाडौं:सीताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ ।

धुर्मुस-सुन्तलीकै गेटअपमा उनीहरु यसमा चित्रित भएका छन् । लेखन तथा निर्देशन उनीहरुकै रहेको फिल्ममा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोलको अभिनय छ ।

‘ओ हो मूभि’ नामक ओटीट प्लेटफर्ममा भदौ ११ गते फिल्म रिलिज हुने भएको छ । वैवाहिक जीवनको उतारचढावलाई फिल्ममा चित्रण गरिएको छ । यसबाट संकलित रकमलाई भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा च्यारिटी गरिने भएको छ ।

ट्रेलर

तपाईको प्रतिक्रिया