Advertisement
SKIP THIS
अभिनेत्री आँचल शर्मा र उनका पति उदिप  हैरानीमा

काठमाडौःअभिनेत्री आँचल शर्मा र उनका पति उदिप यतिबेला हैरानीमामा छन्। आँचल शर्मा गर्भवती भएको हल्ला फैलिएसँगै आँचल दम्पत्तिलाई बधाई दिनेको ओइरो लागेको छ। हुँदै नभएको कुरामा बधाई खानुपरेपछि उनीहरु तनाबमा छन्।

बुधबार कमेडी च्याम्पियनमा पाहुना बनेर गएका आँचल र उदिपले यो हैरानी मिडियासामु सार्वजनिक गरेका छन्। सोसल मिडियामा आँचल र उदिपले सन्तानलाई जन्म दिन लागेको खबर फैलिएपछि यो हल्लाको शिकार आँचलका ससुरा समेत भएको कुरा सार्वजनिक भएको छ।

आफ्ना आफन्त र साथीभाई पनि यो कुराले निराश भएको दुःखेसो आँचल दम्पत्तिले पोखे। ‘भयो भने हामी हामी आफै भन्छौं’ उदिप र आँचलले एक स्वरमा मिडियासँग भने। अनि मम्मी चाहिँ कहिले बन्ने त ? आँचलको जवाफ छ, ‘आमा बन्नैपर्छ एकदिन। मलाई पनि मन छ महिला भएको हिसाबले। राइट टाइममा भै नै हाल्छ।’ करियर र परिवारलाई ब्यालेन्स मिलाएर अघि बढ्ने आँचलले जवाफ दिइन्।

तपाईको प्रतिक्रिया