बिक्रम खड्का डोटी:पर्यटन व्यवसायी अमर शाही यतिबेला आफ्नै आपको बैगैचामा ब्यस्त देखिनो हुन्छ । डोटी को शिखर नगरपालिका वडा नं २ मुडेगाउँमा जन्मेका शाहि आफ्नै बगैंचामा बिभिन्न प्रजातिका आप फलाएर रमाई रहेका छन ।

तिन सय वोटा आपका बारीमा फलेर लटरम्म भएका देख्न सकिन्छ।उहा आफु मात्र नभएर गाउका छर छिमीकीलार्इ पनि केहि बोट आप दिएर आप खेति तिर आकर्षित गराउन चाहानुहुन्छ। । परम्परागत भन्दा आधुनिक जातका आँप रोप्न सल्लाह दिनु हुन्छ।
सामान्यतया फल लाग्न ८ महिना लाग्छ । पुसदेखि सुरु हुने आँप फल्ने प्रक्रिया असार साउनमा पुगेर अन्त्य हुने बताउदै डोटी लगायत सुदुरपश्चिम प्रदेशमा आपको प्रचुर सम्भावना रहेको सुदुरपश्चिम प्रदेश कृषी निर्देशनालय का निर्देशक यज्ञ राज जोसीले बताए ।
बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गरेर आप बढी फल्ने सम्भावना रहेको बताउदै बगैचामै गयर सहयोग गर्ने कृषि केन्द्र ज्ञ्यान डोटी का प्रमुख नरेन्द्र पनेरुले बताए ।
आजै उत्पादन भएका आपको प्रदर्शनी गरिएको छ । डोटीको शिखर नगरपालिका वडा न २ मुडेगाउको कालागाडमा आँप प्रदर्शनी गरिएको हो ।
आँप उत्पादनको पकेट क्षेत्र मानिय पनि गत बर्ष कोरोना महामारिले गर्दा लकडाउन गरिए पछि किसानले उत्पादन गरेका आँप बारिमै कुहिएको थियो । यस बर्ष भने किसानहरुले उत्पादन गरेका आँप बजारमा जाने सम्भावना रहेको कृषकहरुले बताएका छन् ।
शिखर नगरपालिकामा उत्पादन गरिका आँप डोटीको मुख्य ब्यापारिक केन्द्र दिपायल, सिलगढि गोपघाट, बान्डुरिसैन लगायतका बजार क्षेत्रमा बिक्रि हुँदै आएको थियो । अब यसको ब्रान्डीङ गरेर काठमाडौं पाठाउने अमर शाहिले बताए
किसानले उत्पादन गरेका आँपलाई उचित मूल्य सहित बजार ब्यवस्थापनको लागि आफुले सक्दो प्रयास गरिरहेको र आगामी दिनमा पनि किसानको पिरमार्का बुझेर काम गर्ने शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उक्त कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला समन्वय समिति डोटी का प्रमुख राम बहादुर एैर, सुदुरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल का प्रमुख लगे राज जोसी,लगायत अन्य सरकारी तथा गैरसरकारी संस्था को सहभागिता रहेको थियो।









