Advertisement
SKIP THIS
टीकापुरका ३ बर्षीय विवेकको हत्या आफ्नै दिदीबाट

टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं.–८ का साढे तीन वर्षीय नावालक विवेक बिष्टको जामुना खानसँगै गएकी भनिएकी उनकै १५ वर्षीया दिदीबाटै हत्या भएको प्रहरीको निष्कर्षः १४ वर्षीया अर्की एक बालिकासहित दुई जना प्रहरीको नियन्त्रणमा, अदालतबाट म्याद थप गरी अनुसन्धान हुँदै गरेको जानकारी कैलाली प्रहरी प्रमुख एवं एसपी विश्व अधिकारीद्वारा केहीवेर अघि इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

असार २१ गते सोमबार विहान ११ वजेदेखि वेपत्ता विवेकको शव हिजो वेलुकीमात्र प्रहरीले घटनास्थलबाट करिव ५ किलोमिटर दक्षिण टीकापुर नगरपालिका वडा नं.–४ स्थित घोयली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने जमरा नालामा बेतबाँसको झाडीमा अड्किएको अवस्थामा फेला पारेको थियो ।

विवेकको हत्या आफुले गरेको उनकी दिदीद्वारा प्रहरी समक्ष स्वीकारः विवेकले खुट्टामा लगाएका चाँदीका बाला कैलालीको लम्की चुहा नगरपालिका वडा नं.–६ घर भइ हाल टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं.–५ मा डेरा गरी बस्दै आएकी १४ वर्षीया साथीका घरबाट प्रहरीद्वारा बरामद गरिएको छ ।
प्रहरीले चाँदीका वाला बरामद गरिएकी १४ वर्षीया बालिकालाई समेत नियन्त्रणमा लिएको छ । उनले घटनालाई ढाकछोप गर्दैै घटनालाई अन्यत्र मोड्न ती वालिकाको घरमा बाला लुकाएको हुन सक्ने आशङ्का गरिएको छ ।

ती वालिकाले विवेकका खुट्टामा लगाइएका चाँदीका बाला झिकेर स्थानीय जमरा नालामा धकेलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घटना थप रहस्यमय बन्न सक्ने सम्भावना बढ्यो, एपसी अधिकारी भन्छन्–‘पारिवारिक पृष्ठभूमि, विगतको सम्बन्ध, द्वैष, वदलाभाव आदिले समेत विवेकको सुनियोजित ढङ्गले हत्या गरिएको हुन सक्ने आधार वलियो बन्दै गएकाले थप अनुसन्धानको घेरा फराकिलो बनाइएको र अनुसन्धानका क्रममा प्रमाणका आधारमा अन्यलाई पनि केन्द्रमा राख्नु पर्ने अवस्था आउन सक्छ ।’

तपाईको प्रतिक्रिया