Advertisement
SKIP THIS
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अछाममा पुत्ला दहन

सुरत सुनार अछाम:सञ्चारकर्मी रूपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध भइ रहेको बेला अछाममा समेत बिरोध गरिएको छ।

सोमबार अछामको प्रमुख ब्यापारिक केन्द्र साफेबगर विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गर्दै उनको पुत्ला दहन गरीएको छ ।

विभेदकारी समाजको परिवर्तन गर्ने घोषणा गर्ने कम्युनिस्ट सरकारका शिक्षामन्त्री बाटै यस्तो हर्कत भएको भन्दै बिरोध र्याली गर्दै अधिकार कर्मी दलित युवाहरुले उनको पुत्ला दहन गरेका हुन ।

सरकारवादी मुद्दामा पीडितलाई न्याय दिलाउनुपर्ने सरकारका मन्त्रीले नै अनुसन्धान र मुद्दा प्रक्रियामा हस्तक्षेप गरेको भन्दै दलित अधिकार कर्मी दलित युवा विरोधमा उत्रिए छ्न।

साफेबगर नगर दलित संजाल आयोजनामा भएको बिरोध र्याली कार्यक्रममा नगर दलित संजाल सचीव सर्जन परियार नेपाल दलित जातीय मुक्ति समाज सदुर पश्चिम अध्यक्ष जंग बिक दलित संघ अछाम अछामका अध्यक्ष टक्कर ताम्राकार दलित अधिकारकर्मी राजेन्द्र कोलि नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष प्रेम विश्वकर्मा अखिल क्रान्तिकारी वरिष्ठ उपाध्यक्ष मीन बाब्लि सहयात्रा फाउन्डेसन अध्यक्ष सुर्जन नेपाली दलित अधिकारकर्मी दलित युवा लगायतको सहभागिता रहेकोे थियो ।

तपाईको प्रतिक्रिया