Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकाद्वारा पत्रकार महासंघ अछामलाई ५ लाख बजेट बिनियोजन

अछाम :जिल्लाको मंगलसेन नगरपालिकाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामलाई बजेट बिनियोजित गरेको छ ।

अछामको सदरमुकाम समेतको नगरपालिकाले महासंघको भवन निर्माणका लागि ५ लाख बजेट बिनियोजित गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको सातौँ नगर सभाले महासंघको ठुलासैनमा निर्माण सुरु भएको भवनका लागि ५ लाख बजेट बिनियोजित गरेको नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवं सुशासन समितीका संयोजक जनक भण्डारीले बताए ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १० लाख अनुदानमा भवन निर्माण कार्य सुरु भईसकेको छ ।

 

तपाईको प्रतिक्रिया