Advertisement
SKIP THIS
साँफेबगर–बाजुरा मंगलसेन सडक खण्ड अवरुद्ध

निराकरण सम्वदाददाता अछाम:साँफेबगर–बाजुरा मंगलसेन सडक खण्ड अवरुद्ध पारिएको छ। साँफेबगर नगरपालिका–३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा स्थानीयले अवरुद्ध पारेका हुन्।

देउझाला क्षेत्रमा बुढिगंगा नदीले जोडिएको सडक कटान गर्दाआफुहरुको बस्ती जोखिम पर्दै जादा समेत व्यवस्थानमा कुनै चासो नदिइएको भन्दै चक्काजाम गरिएको स्थानीयले बताएका छन्।

बुढीगंगा नदिसंगै जोडिएको सडकमा नदीको कटानका कारण बस्ती नै जोखीममा रहेकाले आवश्यक व्यवस्थापनका लागि विभिन्न क्षेत्रलाइ ध्यानाकर्षण गरिएको स्थानीय मुकेश कुँवरले बताए। तर पनि जोखिमबारे सरोकारवालाले कुनै सुनुवाइ नगरेपछि आफूहरुले बाध्य भएर चक्काजाम गरेको उनले बताए।

बर्षेनी बुढीगंगा नदिमा आउदे बाढीले सडक क्षेत्र कटान गदै आएको छ । २ लेनको सडकमा अहिले १ गाडि समेत कट्न मुस्कील पर्ने गरेको छ । सो ठाउँमा पहिरो रोक्नको निम्ती टेन्टर समेत भईसकेको एक हप्ता भित्र ठेकदारलाई काम गराउने यदि काम नगरे अन्य बिकल्प प्रयोग गरेर समेत समस्या समाधान गर्ने सहमती भएको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका वडा अध्यक्ष कृष्ण बुढाले जानकारी दिए । अहिले अवरुद्ध सडक खुलिसकेको छ ।

तपाईको प्रतिक्रिया