Advertisement
SKIP THIS
दलित सेवा संघ अछामद्वारा १०० जनालाई स्वास्थ सामग्री सहित खाद्यान्न सहयोग

निराकरण सम्वाददाता अछाम:दलित सेवा संघ अछामद्वारा मेल्लेख गाउँपालिका ८ हात्तीकोटमा १५ घर परिवारलाई खाद्यान्न राहत ,४ वटा समुहका १०० जनालाई स्वास्थ सामग्री ( हाइजनकिट ) मास्क ५०० ML सेनिटाइजर ३ साबुन कोल्गेट ब्रस बितरण गरिएको छ ।

डिसिएको आर्थिक सहयोग दलित तथा महिला समान अधिकारका लागि स्थानीय लोकतन्त्र सवलिकरण अन्तर्गत कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय अछामले निषेधाज्ञा जारी गरेपछि साझ बिहान छाक टार्न समस्यामा रहेका होम आइसोलेसनमा बसेका कोरोना संक्रमित गरिब, मजदुर तथा अति बिपन्न सुत्केरी गर्भवती अपांग घर परिवारलाई संस्थाले राहत बितरण गरेको हो ।

दलित सेवा संघ अछामका सचीव टंक ताम्राकार मेल्लेख गाउँपालिका वडा नम्बर ८ वडा अध्यक्ष खकिन्द्र बहादुर साउद वडा सदस्य मोती सिह सुनार दलित सेवा संघ अछामका फिल्ड सुपर भाइजर सुरत सुनार समाजसेवीहरुको लगायत को सहभागिता रहेको थियो।

त्यहा रहेका अति बिपन्न १५ घर परिवारलाई २५ किलो चामल, २ किलो दाल र त्यहा रहेका ४ समूह का १०० जना लाई स्वास्थ सामग्री वितरण गरिएको हो।

तपाईको प्रतिक्रिया