Advertisement
SKIP THIS
समाजसेवी ठकुल्लाद्वारा बयालपाटा अस्पतालमा आपतकालिन औषधि सहयोग

निराकरण सम्वाददाता अछाम: समाजसेवि तथा नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क मञ्चमा उपाध्यक्ष साफेबगर नगरपालिका वडा नं ५ नवाठाना निवासी भक्त बहादुर ठकुल्लाले बयालपाटा अस्पतालको आकस्मिक कक्षमा सबै भन्दा बढी आवश्यक परिरहेने औषधि सहयोग गरेका छन ।

ठकुल्लाले पठाएको आकस्मिक कक्षमा सबै भन्दा बढी आवश्यक परिरहेने औषधि नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले आकस्मिक कक्षका इन्चार्ज छत्र साउदलाई हस्तान्तरण गरेका हुन्।

यो महामारीमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गरेर महामारीलाई पार लगाउन सभापति स्वारले आग्रह गरे।

कोरोना महामारी,अस्पताल समेत औषधि खरिद टेन्डर प्रक्रियामा रहेका कारण ,अस्पतालको आकस्मिक कक्षमा सबैभन्दा बढी आवश्यक परिरहने आैषधिको अभाव रहेको छ।

आकस्मिक कक्षमा सबैभन्दा बढी प्रयोग हुने औषधि सहयोग गरेकोमा आकस्मिक कक्षमा ईन्चार्ज छत्र साउदको विशेष धन्यवाद दिए ।

यस अघि जेठ ४ गते पनि समाजसेवी ठकुल्लाले बयालपाटा अस्पताललाई १५ थान पिसिई १ हजार गोलोब्स सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया