Advertisement
SKIP THIS
अछाममा जारी निषेधाज्ञा लम्ब्याइयो

निराकरण सम्वाददाता अछाम : अछाम  जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले जानकारी दिए।

जिल्लामा संक्रमित बढ्ने क्रममा रहेकोले खतरा अझै कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको प्रजिअ मल्लले बताए।यस अधि जारी गरिएको निषेधाज्ञा यहि २२ गते राति १२ बजे सकिदैछ।

तपाईको प्रतिक्रिया