Advertisement
SKIP THIS
दार्चुलामा पहिलो पटक कोरोना संंक्रमणबाट एक स्वास्थ्यकर्मीको ज्यान गयो

दार्चुला:दार्चुलामा पहिलो पटक कोरोना संंक्रमणबाट एक जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

जिल्ला अस्पताल दार्चुलामा उपचाररत महाकाली नगरपालिका वडा नम्बर ४ का ४० वर्षीया महिला स्वास्थ्यकर्मीको शनिबार विहान ४ बजे मृत्यु भएको हो ।

जेठ १ गते कोरोना पुष्टि भइ जिल्ला अस्पतालमा भर्ना भएका ति स्वास्थ्यकर्मी महिलाको आज विहान मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।

जिल्ला अस्पतालमै कार्यरत संक्रमित महिला पहिलो पटक जेठ ३ गते घर गएको र फेरी जेठ ६ गते दोस्रो पटक जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेका ति स्वास्थ्यकर्मी महिलाको आज विहान उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणका कारण दार्चुलामा ११ जनाले ज्यान गुमाएका छन् । जसमध्ये जिल्ला अस्पतालमा मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया