निराकरण सम्वाददाता अछाम :अछाममा शुक्रबार थप ४३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ५३ नमुना परीक्षण गरीएकामा ४३ जनामा संक्रमण पुष्टी भएको हो । मंगलसेन नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका मार्फत ५३ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा १८ जना महिला र २५ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको मंगलसेन नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर १४ कालागाउँ स्वास्थ्य चौकी र वडा नम्बर १२ बान्नातोली स्वास्थ्य चौकीबाट ३२ जनाको स्वाव संकलन गरि परिक्षण भएकोमा ३१ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमण देखिनेमा वडा नम्बर वडा नम्बर १२ र १४ का १३ महिला र १८ जना पुरुष गरि ३१ जनामा संक्रमंण पुष्टी भएको छ ।
यस्तै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ६ २० नमुना स्वाव परीक्षण गर्दा ४ जना महिला ७ पुरुष गरी ११ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका अनुसार कमलबजार नगरपालिका वडा नम्बर १ का १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।