Advertisement
SKIP THIS
अछाममा मंगलबार थप ९३ जनामा कोरोना पुष्टि

चक्र प्रशाद जैशि:अछाममा मंगलबार थप ९३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय २० नमुना परीक्षण गरीएकोमा ९३ जनामा संक्रमण पुष्टी भएको हो ।

पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाउँपालिका र दैलेखको आठविस नगरपालिका मार्फत १ सय २० जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा १५ जना महिला र ७८ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर ५, ७ र ८ का १३ जना महिला र ६७ जना पुरुष गरी ८० जनामा संक्रमण देखिएको छ ।

यस्तै  रामारोशन गाँउपालिका वडा नम्बर १ का २ जना महिला र १० जना पुरुष गरि १२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ।प्रयोगशालाका अनुसार जिल्ला बाहिरका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिनेमा दैलेख जिल्लाको आठविस नगरपालिका वडा नम्बर ६ का १ जना पुरुष हुन् ।

हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ६ सय ५७ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया