सुरत सुनार अछाम:अछाममा ३ दिन देखि परेको अबिरल बर्षाले जिल्लाका बिभीन्न ठाउँमा क्षेती पुर्याएको छ । अबिरल बर्षाले ग्रामीण सडक, खानेपानी, बिभीन्न ठाउँमा साना ठुला पहिरो जादा घर जोखिमा परेका छन ।
यता जिल्लाको मेल्लेख गाउँपालीका ८ हात्तीकोटकोका किसान बालगिरी लुहारको रोपेको खेत बगाएको छ ।
बर्ष भरी खान पुग्ने रोपेको खेत बगाउदाँ लुहारलाई अब के खाने ठुलो चिन्ता परेको छ। यस्तै मेल्लेख ८ हातिकोट पायडा टोलमा खानेपानी पहिरोले पुरेको स्थानियले बताए ।