बिक्रम खड्का डोटी:डोटीमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला अस्पताल डोटीमा उपचाररत दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका ९६ वर्षीय बृदा महिला र ७० बर्षिय बृदा रहेका अस्पतालका कोरोना सम्पर्क ब्यक्ति राजेन्द्र फुलाराले बताए ।
मृतक दुबैको एन्टिजेन्ट रिपोर्ट पोजेटिभ रहेको फुलाराले बताए । ९६ वर्षीय महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् भने ७० वर्षे महिला विहिबार मात्रै अस्पताल भर्ना भएकी थिइन् ।
यी सङ्गै कोरोना दोस्रो लहरमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ।









