Advertisement
SKIP THIS
टीकापुरका पुराना व्यवसायी चन्दर साहुको निधन

टीकापुर,कैलालीको टीकापुरस्थित चन्दर मिष्ठान्न भण्डारका सञ्चालक चन्द्रप्रकाश साहुको ५७ वर्षको उमेर बुधबार निधन भएको छ ।

विगत ३३ वर्षदेखि टीकापुरमा होटल तथा मिष्ठान्न भण्डारबाट सेवा पुर्‍याउँदै आइरहेका साहु विगत केही समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित रहँदै आएका थिए ।

उनको बुधबार दिउँसो करिव १ वजे भारतको बरेलीमा उपचारका क्रममा निधन भएको हो ।

उनका छोरा रिशु साहुले बुधबार राति पलियाबाट दिएको जानकारी अनुसार चन्दरको १२ दिन काठमाण्डौंमा उपचार गराउँदा पनि कुनै सुधार नभएपछि उपचारका लागि बरेलीमा अस्पतालमा भर्ना गर्ने क्रममा निधन भएको हो ।

साहुको शव बुधबार राति नै उनको निवास तिकुनियाँ पुर्‍याइने र विहीबार मात्रै पारिवारिक संस्कार अनुसार अन्त्येष्टी गरिने छ ।

तपाईको प्रतिक्रिया