निराकरण सम्वाददाता अछाम:अछाम जिल्लामा दोस्रो लहरको कोरोनाबाट ४७ जना संक्रमण मुक्त भएका छन् । मंगरबार थप ४ जना संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त संख्या ४७ पुगेको हो ।
यसैगरि मंगरबार थप ८४ जना कोरोना संक्रमित थपिएका छन् । कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणमा ८४ जना थपिएका जिल्ला प्रशासन कार्यालय अछामले जनाउको छ ।
अछाममा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ४२ रहको छ भने एक जना संक्रमितको आज मृत्यु भएसंगै जिल्लामा कोरोनाबट मृत्यु हुनेको संख्या दोश्रो लहरमा ८ जना पुगेको छ ।