बाजुरा: नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९को संक्रमणबाट वडाध्यक्षको निधन भएको छ ।
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका –९ का वडाध्यक्ष बिनोद कुमार विकको उपचारको क्रममा विच बाटोमा मृत्यु भएको हो।
उनलाई अक्सीजन सहित भ्यानीलेटरको आबस्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभइ उनलाइ थप उपचारको लागि डडेलधुरा रिफर गरिएको थियो ।
उनी २०७४को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।बाजुरा जिल्लामा नयां भेरियन्ट सहितको कोरोना संक्रमण हुनेको संख्या एक सय ५८ पुगेको छ भने अहिले सम्म नयां भेरियन्टको कोरोना संक्रमणबाट दुई जनाको निधन पनि भइसकेको छ ।मृतक वडा अध्यक्ष बिककाे शव बिचबाटाेबाट फर्काइसकेकाे जनाएकाे छ ।









