Advertisement
SKIP THIS
कालो बोका काटेर हुलाकी सडक खण्डमा पर्ने रुख कटान सुरु

धनगढीः कैलालीको बसन्ता वन क्षेत्रस्थित हुलाकी सडक खण्डमा पर्ने रुख कटान सुरु गरिएको छ।

जिल्लाको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने २ किलोमिटर सडकखण्डमा रुख कटान शुक्रबारदेखि सुरु गरिएको हो।

कालो बोका काटेर रुख कटान सुरु गरिएको छ। हुलाकी राजमार्ग आयोजनाका सबइन्जिनीयर धनदेव जाेशीले कालो बोकाको बलीसहित पूजापाठ गरी रुख कटान कार्य सुरु गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीका स्वकीय सचिव खडक चौधरीले दिनेशखबरलाई जनाए।

अबको १०/१५ दिनमै रुख कटान कार्य सम्पन्न गरिएको बताइएको छ। सो २ किलोमिटर सडक खण्डमा १ सय वटा रुख रहेको जनाइएको छ। रुख कटानीपछि कैलालीमा हुलाकी सडक निर्माणले पूर्णता पाउने बताइएकाे छ।

निर्माणको ठेक्का टुंगी, प्रेरा र चन्द्र एण्ड बसन्ता जेबीले पाएको छ। सो खण्डमा वर्षात अगाडि ग्राबेलसम्मकाे काम हुने आयोजना कार्यालय धनगढीले जनाइएको छ।

तपाईको प्रतिक्रिया