निराकरण सम्वाददाता अछाम:गम्भीर प्रकृतिका कोरोना संक्रमित र अन्य प्रकारका बिरामीहरुलाई राखेर उपचार गर्नुपर्ने भेन्टिलेर र आईसीयु सञ्चालनको लागि जिल्ला अस्पताल अछाममा ५ महिना अगाडि पुगेका उपकरण थन्कीएका छन । अहिले ती उपकरण कोरोना संक्रमीत राखिएका आईसोलेसन कक्षमा राखियमा छन ।
५ महिना अगाडि पुगेका भेन्टिलेर र आईसीयु कहिले सञ्चाल हुन्छ ,अछाम क्षेत्र नं २ बाट प्रतिनधी सभा सदस्य माननिय यज्ञ बोगटी संग छोटो कुराकानी गरेका छौ ।
. माननिय ज्यू भेन्टिलेर र आईसीयु सहितको उपचार नपायर अछाममा कोरोना संक्रमीत मृत्यु भईरहेको छ ,अझै कती मर्नु पर्ने हो , कहिले सञ्चान हुन्छ भेन्टिलेर र आईसीयु ?
.अहिले सम्म सञ्चालन भईसक्नु पर्ने हो,तर अहिले सम्म किन सञ्चालन भएन,यो बिषयमा अस्पताल ब्यवस्थापन समीतीले जानकारी नदिएका कारण अहिले सम्म हामीले कुनै पहल कदमी नगरेका र आफुलाई हिजो मात्रै भेन्टिलेर र आईसीयु सञ्चालन नभएको जानकारी प्राप्त भएको र आफुले स्वास्थ्य मन्त्रालय र सम्बन्धीत निकायमा कुरा गरिरहेको अव छिटै सञ्चालनमा आउने जानकारी गराउछु ।
.माननिय ज्यू सँगै आएको जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटरसहितको दुई बेडको आईसीयू भएको ५ महिना भइसक्यो जिल्ला अस्पतालमा किन भएन ?
.मेरो तर्फबाट भेन्टिलेर र आईसीयु तुरुन्त सञ्चालनको लागि पहल कदम गरिरहेको छु , मैले स्वास्थ्य मन्त्री र सचीव सँग कुरा गर्दै छु सकेसम्म चाडो हुन्छ , यस अघि अस्पताल ब्यवस्थापन पक्ष र तिनै तहका जनप्रतीनीधि र सरकारबाट कमजोरी भएकै हो हामी सच्चीएर अगाडि बढ्छौ