धनगढी : धनगढीमा कोरोना भाइरस संक्रमणबाट १ विद्यार्थीको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा १३ का २२ वर्षीय विद्यार्थीको मृत्यु भएको हो।
सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
एन्टिजेनबाट चेक गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। निमोनिया देखिएका उनको सोमबार राति साढे ११ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको परिवार स्रोतले जनाएको छ।
उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिए।