निराकरण सम्वाददाता अछाम:अछाममा कोभिड १९ को दोस्रो लहरमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ५ महिला २३ पुरुष गरि २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा सबै भन्दा बढी मेल्लेख गाउँपालीकाका वडा नं ५ र ७ का २५ जना रहेका प्रयोगशालाले जनाएको छ।
यस्तै ढकारी गाउँपालीका ८ का २७ बर्षिय पुरुष र कमलबजार नगरपालिका १ र ६ का पुरुष रहेका उनिहरु १ जना कमलबजार नगरपालिकाका कर्मचारी र एक जना बिधालयका शिक्षक रहेका छन् ।










