Advertisement
SKIP THIS
अछाम जिल्लामा निषेधाज्ञाको मध्यम प्रभाव

निराकरण सम्वाददाता अछाम:अछाम जिल्लामा निषेधाज्ञाको मध्यम प्रभाव परेको छ । बिहानै देखि जिल्लाका साफँेबगर मंगलसेन लगायतका बजार क्षेत्रमा सुरक्षाकर्मी निषेधाज्ञा पालन गराउन खटिएका छन ।

यहि १६ गते जिल्ला प्रशासन कार्यालय अछाममा बसेको कोभिड संकट व्यावस्थापन केन्द्रको सिफारिस निर्णय अनुसार जिल्ला भर आज देखि जेष्ठ २ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लागु गरिएको हो ।


भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको संक्रमण दर एकदमै उच्च रहेको भन्दै अछाममा पनि संक्रमण दिनानु दिन बढेको भन्दै सर्तक रहन र कोरोनाले निम्त्याउने जोखिम कम गर्न निषेधाज्ञा गरिएको हो ।

यद्यपी दैनिक उपभोग्य सामाग्रीमा पसल बिहान ५ देखि बिहान १० बजे सम्म खुल्ला,बैङ्क तथा बित्तीय संस्था खुलीरहेका छन्। दैनिक उपभोग्य सामाग्री खरिद तथा बैङ्क तथा बित्तीय संस्थामा आउने सेवाग्राही सामान्य समय भन्दा निकै कम मात्रामा आएका देखिन्छन् ।

तपाईको प्रतिक्रिया