तारामान खड्का अछाम:अछाम जिल्लाको एकमात्र पिसिआर प्रयोगशाला भने आर्थीक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको कमलबजार नगरपालीकाले ८ महिना अघि १ करोडको लगानीमा सञ्चालनमा ल्याएको पिसिआर प्रयोगशालामा हाल चरम आर्थीक संकटमा रहेको नगरपालीका उप प्रमुख भुमिसरा बजगाईले बताईन ।
पिसिआर प्रयोगशालामा नियमीत सञ्चालको लागी केन्द्र, प्रदेश र अछामका अन्य स्थानीय तहलाई अनुरोध गरेपनी कसैले चासो नदेखाएको उनले बताईन । यद्यपी प्रयोगशाला सञ्चालनको निम्ती ढकारी र तुर्माखाँद गाउँपालीकाले १५÷१५ लाख मंगलसैन र साफँेबगर नगरपालीकाले ५÷५ लाख सहयोग गरेको बताईन ।
जनताको जीवन भन्दा अरु केही ठुलो नभएका कारण अन्य बिकासका गतीबिधीहरुलाई रोकेर भएपनी नगरपालीकाले पीसिआर प्रयोगशाला सञ्चालन गरिहेको उप प्रमुख भुमिसरा बजगाइले बताईन ।
सरकारले पीसिआर माध्यमबाट कोरोना परिक्षण गर्दा सरकारी संस्थाले १ हजार सम्म लिन सक्ने ब्यवस्था गरेपनी यस क्षेत्रका नागरिकको सुविधाका लागि नि शुल्क परिक्षण गर्ने गरिएको नगरपालीका निमीत्त प्रमुख प्रशासकीय अधिकृत खड्क बिष्टले बताए । प्रयोशालाले हालसम्म ४ हजार ६ सय बढी स्वावको परिक्षण भइसकेको बिष्टले बताए ।









