अमर धामी अछाम :दिगो बिकासका लागि उन्नत सम्बन्ध भन्ने मुलनारा सहित सरोकारवाला संग पुुर्ब तयारी बैठक कमलबजार नगरपालिका वडा न. ४ चाल्सामा सम्पन्न भएको छ ।
बैठकमा नमुना सामुदायिक बन चाल्सा र पंचदेवल बिनायक नगरपालिका वडा न. १ कुुइका बलानि सामुदायिक बनको सिमा बिबाद सम्बन्धी छलफल भएको छ ।
बैठकमा दुुबै सामुुदायिक बनका उपभोता समितिले मिलेर सिमा बिबाद समाधान गर्ने प्रतिबदता जाहेर गरेका छन । सिमा बिबाद समस्याको सहजिकरण प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले गरीरहेको छ ।
अहिले सम्म अछामका ८ ओटा बनको सिमा बिबाद मिलाइएको र केहि सामुदायिक बनका सिमा बिबाद मिल्ने क्रममा रहेको प्राकृतिक सो्रत दन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत ब्याक्ती टंक बहादुर भण्डारीले जानकारी दिए।
कमलबजार नगरपालिका वडा न. ४ चाल्सका अध्यक्ष ललित ढोलिले अध्यक्षता गर्नु भएको बैठकमा पुुर्ब संबिधान सभा सदस्य भरत साउद प्रमुुख अथिति रहनुु भएको थियो । बैठकलाइ सम्बोधन गर्दै साउदले बनको बिबाद नेपाल भारत सिमा बिबाद जस्तो नगरी हामि सबैले उपभोग गर्न पाउने गरी हुने बताए ।
पहिले देखि हामि सबै एक जुट भएको र आगामि दिनमा पनि एक हुनेमा बिस्वास ब्यक्त गरे । बैठकमा भुुमि ब्यबस्थापन आयोग अछामका अध्यक्ष कटक साउद बिश्ष्टि अथिति रहेका थिए।बैठकलाइ सम्बोदन गर्दै अध्यक्ष साउदले हामि सबैका मनमिलेमा बनको सिमा बिबाद समाधान हुने बताए ।
अर्को प्रसगंमा बोल्दै उहाले अछाममा आफुले अगामि असोज सम्म अनेक समस्या र बिभिन्न कारणले लाल पुर्जा नपाएका ५ सय जनालाइ लालपुर्जा बितरण हुने पनि प्रतिबदता जाहेर गरे । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत ब्याक्ति टंबहादुर भण्डारीले सहजि करण गर्नुु भएको बैठकमा सामुुदायिक बनका प्रतिनिधि राजनितिदलका प्रतिनिधि पत्रकार र सरोकारवालाको उपस्थिति रहेको थियो भने प्राकृतिक सो्रत दन्द रुपान्तरण केन्द्र नेपालका सहजकर्ता पार्बति रावल खत्रिले संचालन गरेका थिए।









