Advertisement
SKIP THIS
अछाम सहित सुदूरपश्चिमका उच्च भागमा हिमपात

निराकरण सम्वाददाता अछाम :अछाम सहित सुदूरपश्चिमका उच्च भागमा हिमपात भएको छ। गएराति मौसममा बदली हुदाँ सुदूरपश्चिमका उच्च भागमा हिमपात भएको हो ।

हिउँदमा महिनामा कम हिमपात भएको सुदूरपश्चिमका हिमाली तथा पहाडी उच्च भु भागमा यसपटक भने बैशाखको दोस्रो साता हिमपात भएको हो।

अहिले सुदूरपश्चिमका हिमाली तथा पहाडी उच्च भु भाग हिउँ ढाकेर सेताम्ये भएका छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज सहित अछामको साफेबगर नगरपालिका १२ खप्तडको माथिल्लो भागमा समेत हिउँ परेको देखिन्छ ।

तपाईको प्रतिक्रिया