Advertisement
SKIP THIS
ईलाका प्रहरी कार्यलय साँफेबगरको नव निर्मित भवनको उद्घाटन

निराकरण सम्वाददाता अछाम: ईलाका प्रहरी कार्यलय साँफेबगरको नव निर्मित भवनको उद्घाटन गरिएको छ। सोमबार एक कार्यक्रमका बिच प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले नव निर्मित भवनको उद्घाटन गरेका हुन्।

कार्यक्रम बोल्दै प्रमुख अथिती प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले नयाँ भवनमा बसेर मात्रै नभई सोचमा परिवर्तन गर्न प्रहरीलाई आग्रह गरे। प्रहरीले आउने सेवा ग्राहिलाई आफ्नो परिवार सम्झेर काम गर्न निर्देशन समेत दिए ।

प्रहरी कार्यक्रम प्रहरीको सम्पत्ति मात्रै नभई यस क्षेत्रका नागरिकको भएको हुदाँ सबैले आफ्नै सोचेर जगेर्ना गर्न अनुरोध समेत गरे। आफु मातहतका प्रहरीलाई जनमुखी काम गर्न उनलेे निर्देशन दिए।

समाजमा रहेको कुरुति लाई निर्मुल पार्न सबैले लाग्नु पर्ने ,छाउगोठ मात्रै नभत्काएर समस्या समाधान नहुने हुदाँ मन भित्रको छाउगोठ भत्काउनमा सबैले लाग्नुपर्नेमा जोड दिए। बेलायत सरकारको सहयोगमा नेपाल आार्दश कम्पनीले ४ करोड ४० लाख ३५ हजारको लागतमा कार्यलय तथा ब्यारेक भवनको निर्माण गरेको हो। २०७५ मंसिर २८ भवन निर्माण सुरु गरिएको थियो ।

नव निर्मित भवनको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदी लगायतको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया