Advertisement
SKIP THIS
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ।

अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक पुरुषको सोमबार विहान मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ।

उनीमा आइतबार कोरोना पुस्टी भएको थियोजटिल प्रकृतिको स्वासप्रस्वासको समस्या देखिएको उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया