पूर्ण रावल
यो सहर रहेछ र सुनसान रहेछ
विचरा ! मजस्तै गुमनाम रहेछ
जरा र जमरा दुबै सँगै बढ्छन्
मेरो गाउँघर पो परमधाम रहेछ
गीतामाथी राख्छ कविताको चित्र
तिम्रो सभ्यता त बेलगाम रहेछ
हिरामोती खोज्दै गयो जिन्दगानी
मलाई चाहिने नै नुन-फलाम रहेछ
सहरले बोलाउँछ मलाई सुख हुँदा
विपत्तिको साथी त अछाम रहेछ !
२०७७ जेठ ५
चावहिल, काठ्मान्डू