Advertisement
SKIP THIS
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको उपाध्यक्षमा भण्डारी

नारायण रावल टीकापुर :उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको उपाध्यक्षमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी चयन भएका छन्। 

शनिबार डोटीमा भएको उद्योग वाणिज्य महासंघको चौथो वार्षिक साधारण सभाले भण्डारीलाई प्रदेश उपाध्यक्षमा चयन गरेको हो। 

महासंघको अध्यक्षमा भने शंकर बोगटी दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। 

यस्तै एशोसिएट उपाध्यक्षमा धनगढीका हार्डवयर व्यवसायी अनिलकुमार भुजनीया, कोषाध्यक्षमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानकुमार शर्मेली पनि सर्वसम्मत चयन भएको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमले जनाएको छ। 

तपाईको प्रतिक्रिया