अछाम:नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणलाई लक्षित गर्दै फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अछाममा ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना गर्ने भएको छ।
सुदूरपश्चिम रोयल्सले अछाम जिल्ला क्रिकेट संघलाई पत्र पठाउँदै यही असोज १३ गते जिल्ला भरका प्रतिभाशाली क्रिकेट खेलाडीको पहिचान तथा छनोटका लागि ट्यालेन्ट हन्ट आयोजना गर्न लागेको जानकारी दिएको हो।
ट्यालेन्ट हन्ट कार्यक्रम साँफेबगर क्रिकेट एकेडेमी साँफेबगर ३ मा हुनेछ।
प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई उचित अवसर तथा आगामी दिनमा व्यावसायिक क्रिकेटमा अघि बढ्न आवश्यक प्लेटफर्म प्रदान गर्ने हेतुले सुदूरपश्चिम रोयल्स ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्न लागिएको रोयल्सले जनाएको छ।










