अछाम:अछामका अटो दुर्घटना हुदाँ घाइते भएकी बेला भण्डारीको मृत्यु भएको छ।सोमबार जिल्लाको कमलबजार मानसैन सडक खण्डमा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका थिए । कुइकाबाट कमलबजार जाँदै गरेको सु प प्र ०१- ००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिक ओखडको रुख नजिक अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकि बेला भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल मंगलसैनमा मृत्यु भएको हो।मृतक भण्डारी संबिधान सभा सदस्य शरद सिहं भण्डारीकी आमा हुन।यस्तै घाइते अन्य कमलबजार नगरपालिका वडा नं ५ का केशबराज उपाध्याय थप उपचारका लागि नेपालगन्ज पठाईएको र अमृता भण्डारी घाइतेको जिल्ला अस्पताल अछाममा उपचार भईरहेको अछाम प्रहरीले जनाएको छ।










