Advertisement
SKIP THIS
अछामको कमलबजारमा अटो दुर्घटनामा ३ जना घाइते

अछाम:अछामका अटो दुर्घटना हुदाँ ३ जना घाइते भएका छन।सोमबार जिल्लाको कमलबजार मानसैन सडक खण्डमा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका हुन। कुइकाबाट कमलबजार जाँदै गरेको सु प प्र ०१- ००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिक ओखडको रुख नजिक अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा कमलबजार नगरपालिका वडा नं ५ का केशबराज उपाध्याय , बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन् । घाइते मध्य बेला भण्डारीको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक सरोज कुमार कैलाले जानकारी दिए।

घाइते तिनै जनालाइ उपचारकालागी जिल्ला अस्पताल मंगलसैन लगिएको अटोमा सवार एक जना यात्री र चालक सकुशल रहेको र चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया